काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरु जम्मा भएका छन्।
घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको थियो । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए ।
उनको अन्त्येष्टि मंगलबार बेलुका नै गर्ने भनिए पनि स्थगित भएको थियो । आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । नेपाली सेनाले उनलाई अन्तिम सलामी अर्पण गर्नेछ ।
वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।































प्रतिक्रिया