सिन्धुपाल्चोक पहिरो : १२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी

सिन्धुपाल्चोक पहिरो : १२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरोमा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरोमा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ । पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पुर्याइएको छ ।रासस

Skip This
Skip This
Logo