कोरोनाको जोखिम बढेसँगै कष्टकर बन्दै उपत्यकाको जनजीवन

कोरोनाको जोखिम बढेसँगै कष्टकर बन्दै उपत्यकाको जनजीवन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा उपत्यकाका मुख्य व्यापारीक केन्द्रहरुमा मानिसहरुको चहलपलह कम हुन थालेको छ । यस अघि सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको ३ महिना लामो लकडाउनपछि खुल्न थालेका व्यापार व्यावसाय पुनः बन्द हुन थालेका छन् ।

कोरोनाको जोखिम उच्च देखिएका ठाउँहरूमा सरकारले निषेधाज्ञा तथा सिल गर्न थालेपछि यसबाट व्यावसायीहरू मारमा परेका छन् । यस अघि लकडाउन बढ्दै जाँदा उपत्यकाका व्यवसायीहरुले निरन्तर लकडाउन गरेर मात्रै नहुने कि त सरकारले व्यवसायीहरुको घरभाडा छुट, कर छुट गर्नु पर्ने कि त व्यावसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेर आन्दोलन नै गर्नु परको थियो । यसरी सबैतिरबाट लकडाउनको बिरोध हुन थाले पछि सरकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउनको लागि भन्दै लकडाउनलाई खुकुलो बनाएर व्यावसाय सञ्चालन गर्न अनुमति दिएको थियो ।

तीन महिनासम्मको लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा व्यवसायीहरुको जीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको थियो । तर यही लकडाउनको अन्त्यसँगै उपत्यकाका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले हाल आएर अधिकांश व्यावसायीक क्षेत्रमा चहलपहल ह्वातै घट्न थालेको छ ।

उपत्यकाको मूख्य व्यापारिक केन्द्रका व्यावसायीहरुलाई कोरोना संक्रमण देखिन थालेसँगै काठमाडांैको न्युरोड, खिचापोखरी, असन, महाबौद्ध, इन्द्रचोक, टेकु, सुन्धारा, भोटाहिटी, कोटेश्वर, कलंकी, गोंगबु, नक्साल भाटभटेनी लगायत अधिकांश स्थानमा सञ्चालित रेस्टुरेन्ट, कपडा पसल, कस्टमेटिक पसल धमाधम बन्द हुन थालेका छन् ।

नेपाल राष्ट्रिय व्यावसायी संघका अध्यक्ष नरेश कटुवालले गत ११ चैतबाट लकडाउन सुरु भएदेखि नै व्यापार व्यवसाय ठप्प भएकाले समस्यामा परेका व्यवसायी पछिल्लो अवस्थाले थप मारमा परेको बताएका छन् । उनका अनुसार कोरोना महामारी अझै बढ्दै गएकाले अहिले पुनः आफ्ना व्यवसाय बन्द गर्नुपरेकाले व्यवसायीहरु थप मर्का परेका हुन् ।

अहिले संघ/प्रदेश र स्थानीय तह लगायत तीनवटै तहका सरकार अलमलमा रहेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ । उनले अब सरकार र निजीक्षेत्रको समन्वय समिति गठन गरी व्यवसायीलाई बचाउनेबारेमा ध्यान दिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

कोरोना महामारीले गर्दा सञ्चालनमा रहेका करिब ६० प्रतिशत बढी व्यवसाय बन्द भएको तथा ३५ प्रतिशत पसल तथा व्यापार व्यवसाय कोरोना महामारीकै बिचमा खाली हुँदै गएको कटुवालको दावी छ ।

अहिले दैनिक संक्रमितको संख्या थपिँदै गएकाले काठमाडौं उपत्यकाभित्रका कतिपय व्यापारिक स्थलसमेत सिल गरिएका छन् । कोरोना त्रासकै कारण अहिले बजारमा निस्कने उपभोक्ता पनि पहिलेको तुलनामा निकै कम हुन थालेको स्थानीय व्यवसायीहरुले बताएका छन् । अझै यो अवस्थाले कति समय लिने हो कुनै ठेगान नभएकाले अहिले यहाँका अधिकांश व्यवसायी कसरी घरभाडा तिरेर आफ्नो व्यवसाय टिकाउने भन्ने चिन्तामा परेका छन् ।

Skip This
Skip This
Logo