शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार गर्ने पक्राउ

शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

सल्यान ।

झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्ने महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफू शिव भगवान बनेर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । आफू बिरामी भएको र देवरले आफूले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पीडितले बताएको प्रहरीले जनाएको छ । शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई पनि बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताए ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo