रामेछाप ।
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।
रामेछाप प्रहरीका प्रवक्ता टेकेन्द्र पौडेलले केन्द्रविन्दुसँग कुरा गर्दै खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका छन् । प्रवक्ता पौडेलका अनुसार उनलाई पालिकाद्वारा सञ्चालित विकास निर्माण योजना उपभोक्ता समितीका पदाधिकारीलाई बन्धक बनाएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको तथा ठगी गरेको अभियोग पक्राउ गरेको बताए ।
स्थानीय उपभोक्ता समिति र गाउँपालिका अध्यक्ष खड्काबाट ठगिएका ब्यक्तिहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता पौडेलले बताए । गाउँपालिका अध्यक्ष खड्काविरुद्ध, ठगी गरेको, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको भन्दै तीन वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
अध्यक्ष खड्का यस भन्दा अगाडि पनि विभिन्न विवादमा पर्दै आएका छन् । खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् । उनले यस अगाडि पालिकाकै उपाध्यक्ष तथा पालिका सदस्यलाई आफूलाई ज्यान मार्न गुण्डा लगाएको भन्दै आरोप लगाएका थिए । खड्का यस्तो विभिन्न विवादमा तानिदै आएकाले उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।





























प्रतिक्रिया