नेपोटिजमको चर्को मूल्य व्यहोर्ने नायिका बनेकी छन् बलिउड अभिनेत्री आलिया भट्ट । उनी अभिनित थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् ।
तथापि, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिजमको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको हो । यतिबेला उनलाई थुप्रै दर्शकले बहिष्कारको अभियान चलाएका छन् । त्यसको उदाहरण हो, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलर ।
उक्त ट्रेलरमा आएको ‘डिसलाइक’लाई हेर्दा लाग्छ, युट्युवको इतिहासमै सबैभन्दा बढी ‘डिसलाइक’ आएको भिडियो नै त्यही हो । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।
यो फिल्म अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएको २ दिन नवित्दै यसलाई ३ लाख बढीले लाइक गरेका छन् भने, ५४ लाख बढीले डिसलाइक गरेका छन् ।
ट्रेलरका लागि आएका अधिकांस प्रतिक्रिया पनि डिसलाईक प्रेरित छन् । यसलाई सुशान्त सिंह राजपुतको निधन र भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा लिन सकिने अधिकांशको बुझाई छ । एजेन्सी































प्रतिक्रिया