आजदेखि सबै जिल्ला प्रशासनबाट सवारी पास वितरण बन्द हुने

आजदेखि सबै जिल्ला प्रशासनबाट सवारी पास वितरण बन्द हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबार (आज) देखि लागू हुने गरी सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

 

Logo