आठ महिना अगाडि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमितको संख्या नेपालमा पनि बढ्दो छ । जनवरी २३ अर्थात गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् ।
भाइरसको संक्रमण नेपालमा पनि ९१जनाको ज्यान गइसकेको छ । यो सामग्री तयार पार्दासम्म ८० जनाको ज्यान गएको थियो । सोही आधारमा हामीले यो रिपोर्ट तयार पारेका छौं ।
कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ । पहिलो पटक गत जेठ २ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका मध्ये अधिकांश व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ भने कतिपय मृत्यु भएका व्यक्तिलाई के समस्या थियो भन्नेबारे खुल्न सकेको छैन । मृत्यु भएका मध्ये अधिकांशलाई कलेजोसम्बन्धी समस्या, निमोनिया,सेप्सिस, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मिर्गौलासम्बन्धी रोग, मधुमेहलगायतका समस्या देखिएका छन्। यी मध्ये धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ ।
कोरोनाको अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत (३३ पुरुष र १० महिला) मा एक वा त्योभन्दा बढी दीर्घरोग देखिएको बताएका छन् ।
उनका अनुसार घरबाहिर बढी निस्किने उमेर समूहको व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिममा ज्येष्ठ नागरिक तथा दीर्घ रोगी रहेको रहेका छन । हालसम्म सबैभन्दा कम उमेरअन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ वर्षीया महिला र पुरुषको कोरोनाका कारणले मृत्यु भएको छ । गण्डकी प्रदेशका ४९ दिने बालकको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो भने पर्साकी ८५ वर्षीया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको थियो ।
कोरोनाले ज्यान गुमाउनेमध्ये १६ जना (२१.३ प्रतिशत) विदेशबाट आएका रहेका छन् । जसमा भारतबाट आएका १३ तथा कतार, चीन र मलेसियाबाट आएका एक–एक जना रहेका छन । भने आधाभन्दा बढीले आफूलाई संक्रमण भएको थाहै नपाई मृत्युवरण गरेको पाइएको छ । ४३ जना अर्थात ५७.३ प्रतिशतको मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट





























प्रतिक्रिया