महिलाहरूको पीडा समेटिएको शिवानीको नयाँ गीत ‘अबन्धन’ बजारमा (भिडियो)

महिलाहरूको पीडा समेटिएको शिवानीको नयाँ गीत ‘अबन्धन’ बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत ‘अबन्धन’ सार्वजनिक गरेकी छिन् ।

गायिका भट्टराई स्वयं र प्रशान्त तामाङको अभिनय रहेको गीतको भिडियोमा कोरियोग्राफर तामाङले नै साथ दिएका छन् । प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीतमार्फत  महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।

शिवानीले ६ वर्ष अगाडि नै गीत लेखेको भएपनि सञ्चार माध्यममा आबद्ध भएपछि मात्र गीत संगीतमा लाग्ने बताउँदै आएकी थिइन् । अनावश्यक विचार र सम्बन्धमा भएको समस्याबाट छुट्कारा पाएको भाव गीतमा प्रस्तुत गरिएको शिवानीको भनाइ छ ।

भिडियो

 

 

Skip This
Skip This
Logo