सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिएकी छन् । उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।
सांसद श्रेष्ठले एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् ।
श्रेष्ठ धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।





























प्रतिक्रिया