बाँकेमा निषेधाज्ञा चार दिन थप

बाँकेमा निषेधाज्ञा चार दिन थप

केन्द्रबिन्दु
0
Shares

बाँके ।

नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।रासस

Skip This
Skip This
Logo