काठमाडौंसहित देशका विभिन्न ठाउँमा गाईजात्रा मनाईँदै

काठमाडौंसहित देशका विभिन्न ठाउँमा गाईजात्रा मनाईँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईँदैछ ।

विशेषगरी नेवारी समुदायले मनाउने यो वर्षमा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष गाईजात्रा मनाउनेहरुको भिड देख्न सकिन्छ । गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी तर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ । काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानीले आफ्नो छोरा चक्रपतेन्द्र मल्लको मृत्यु पछि शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कति जनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरिन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङ लगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरे पनि काठमाडौंको बसन्तपुर लगायतका ठाउँमा भने ठूलो संख्यामा सर्वसाधारणहरु भेला भएको प्रष्टै देख्न सकिन्छ ।

Skip This
Skip This
Logo