सिन्धुपाल्चोक ।
एक पछि अर्को पीडा थपिने गरेको सिन्धुपाल्चोकमा फेरि अर्को पीडा थपिएको छ । मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता भएका छन् ।
रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन् ।
वाग्मती प्रदेश सरकारले निर्माण थालेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरिंदा ८ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । पहिरोमा ९ जना पुरिए पनि १ जनाको भने जिवितै उद्दार गरिएको बताइएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्दार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।
सिन्धुपाल्चोकमा यस अघि पनि गएको असार २५ गते बाह्रबीसेमा पहिरोमा परि २२ जना बेपत्ता छन् । ३ जनाको मृत्यु भएको थियो भने फुल्पिंगकट्टीमा ५ जनाको मृत्यु भएको थियो ।





























प्रतिक्रिया