जबर्जस्ती करणी गरी फरार, ९ वर्षपछि प्रहरीको फन्दामा 

जबर्जस्ती करणी गरी फरार, ९ वर्षपछि प्रहरीको फन्दामा 

केन्द्रबिन्दु
0
Shares

कैलाली प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ।

२६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका-९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

कैलाली जिल्ला अदालतको १७ वैशाख २०७१ को आदेशले चौधरीलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उनलाई कारागार पठाइसकिएको प्रहरीले बताएको छ।

Logo