आजदेखि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ । उपत्यकामा कोरोना संक्रमित थपिएको कारण देखाउँदै गृह मन्त्रालयले बेलुका ७ बजेदेखि बिहान ७ बजे सम्म कुनै पनि सवारी साधनलाई प्रवेश निषेध गरिने जनाएको छ ।
दैनिक रुपमा उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको पास अनिवार्य गरिएको छ ।
कोरोना प्रति थप सचेत हुन पनि मन्त्रालयले अनुरोध गरेको छ । आज उपत्यकाका तीन जिल्लामा ४८ जना संक्रमित थपिएका छन् ।






























प्रतिक्रिया