चिनीको मूल्य अस्वभाविक वृद्धि : उद्योगी महेश जाजु

चिनीको मूल्य अस्वभाविक वृद्धि : उद्योगी महेश जाजु


काठमाडौं ।

चिनीको अस्वभाविक मूल्यवृद्धि भएको उद्योगी व्यवसायीले बताएका छन् । चिनीको मूल्य अस्वभाविक रुपमा वृद्धि हुँदा चिनीको अभाव भएका कारण विस्कुट, चकलेट, जुस तथा अन्य पेय पदार्थको उत्पादन प्रभावित भएको व्यवसायीको भनाइ छ ।

एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले चिनीमा भएको मूल्यवृद्धिका कारण चिनी प्रयोग गरेर उत्पादन हुने खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने उद्योग संकटमा पर्ने बताएका छन् । सरकारले चिनीको अभाव र मूल्यवृद्धिका कारण उद्योगहरुमा समस्या आएको जानकारी भए पनि चिनीको आयात नगर्दा उद्योगहरु झनै संकटमा पर्ने देखिएको प्रवन्ध निर्देशक जाजुले बताए ।

जाजुका अनुसार वार्षिक चिनीको खपत साढे ४ देखि ५ लाख टन छ । तर आन्तरिक उत्पादन भने साढे २ लाख मात्रै छ । बाँकी अभाव भएको साढे २ लाख टनको हाराहारीमा चिनी आयात गर्नुपर्ने देखिन्छ । स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ । त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्यवृद्धि गरेका हुन् ।

चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य बढाएका छन् । अहिले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ। बजार मूल्य हस्तक्षेपको भूमिकामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजारमा मूल्यवृद्धि भएको हो । उता स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ। त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्य वृद्धि गरेका हुन्।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन दिनमा चिनीको उपभोक्ता मूल्य कम्तीमा एक सय रुपैयाँसम्म पुगेको छ। थोक विक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको मूल्यवृद्धि भएको हो । हाल प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ। थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीलाई खुद्रा पसलले एक सय रुपैयाँसम्म असुल गर्दै आएका छन् ।

Logo