कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज : ७ जनाको मृत्यु, ५० को अवस्था गम्भीर

कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज : ७ जनाको मृत्यु, ५० को अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन । अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिए।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उनले जानकारी दिए। थपिने संक्रमितलाई तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको डा. सिंहले बताए।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटलमा अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए । तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो ।

कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार आइतबार एकैदिन झन्डै ८ सय जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलित स्वाब जम्मा हुने क्रममा नै रहेकाले यकिन भइसकेको छैन ।

पर्सामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नै नभएका स्थानीय पनि संक्रमित हुन थालेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमित सात जनाले ज्यान गुमाइसकेका छन् ।

तीन तहका सरकार र मातहत रहेका संयन्त्रबीच समन्वय हुन नसक्नु सबैभन्दा जटिल समस्या भएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo