नेपालमा आइतवार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
हालसम्म १३ हजार १ सय २८ डिस्चार्ज भएका छन् भने कोभिड १९ संक्रमणका कारण हालसम्म ४५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आठ जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका हाल आईसोलेशनमा ५ हजार ४४० जना रहेका छन् । कुल संक्रमित मध्ये ७० दशमलव ३ प्रतिशत निको भएका छन् ।हालसम्म पीसीआर परीक्षण संख्या ३ लाख ४२ हजार ४५७ पुगेको छ ।































प्रतिक्रिया