गृह मन्त्रालयको कडा निर्देशन- ‘मास्क नलगाई हिड्नेलाई कारवाही गर्नु’

गृह मन्त्रालयको कडा निर्देशन- ‘मास्क नलगाई हिड्नेलाई कारवाही गर्नु’

केन्द्रबिन्दु
0
Shares

लकडाउन खुलेसँगै भिडभाड बढेको भन्दै गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई ताकेता गरेको छ।

गृह मन्त्रालयले यसअगाडि नै मास्क नलगाई हिड्नलाई कार्बाही गर्न पत्राचार गरेको थियो । असार तेस्रो साता गरिएको पत्राचारअनुसार, मास्क नलगाई हिड्नेहरु नरोकिएपछि फेरि ताकेता गरेको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । बन्दाबन्दी अन्त्य गरिए पछि महामारीको जोखिम बढेकाले मास्क अनिवार्य गराउन निर्देशन दिइएको उनले जानकारी दिए ।

गृहको निर्देशन अनुसार अब मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गरिने छ। यसरी पक्राउ परेकाहरूलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही हुनेछ।

नेपालमा कोरोनाकै कारण ४५ जनाले ज्यान गुमाएका छन्। १८ हजार चार सय ८३ जनामा संक्रमण पुष्टि भैसकेको छ भने  १३ हजार ५३ जना निको भएका छन्।

Logo