चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको विचल्ली भएको छ ।
बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा वत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ ।
गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन । अन्य घरहरु र खेतीबालीमा हात्ति लगाएर नष्ट गरिएको छ । स्थानीय गंगामाया चेपाङले हात्तिसहित आएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताए ।
बर्खाको समय त्यसैमाथि बाली भित्र्याउने चटारो भइरहेका बेला घरमा आगो लगाएपछि ४ जनाको परिवार सहित उनी अहिले स्थानीय विद्यालयमा वत लागेर रात विताउन बाध्य छन् ।





























प्रतिक्रिया