सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी, सुन बजार भने सुनसान

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी, सुन बजार भने सुनसान

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो ।

यस्तै आज चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

सुनको भाउ लगातार बढेपछि सुन बजार सुनसान भएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo