रन्जन कोइराला प्रकरणमा पूर्वराजा ज्ञानेन्द्रले खोले मुख- ‘…तब राज्य सङ्कटमा पर्छ’

रन्जन कोइराला प्रकरणमा पूर्वराजा ज्ञानेन्द्रले खोले मुख- ‘…तब राज्य सङ्कटमा पर्छ’

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको पछिल्लो दुई विवादित फैसलालाई लिएर यतिबेला चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालदेखि सडकमा समेत यो फैसलाको चर्को विरोध भइरहेको छ ।

यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि न्यायालयप्रति आम नागरिकको विश्वास नरहेपछि राज्य संकटमा पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक सानो प्रतिक्रिया दिँदै न्यायालयप्रति आम नागरिकको विश्वास नरहेपछि राज्य संकटमा पर्ने बताएका हुन् ।

उनले भनेका छन् ‘जब न्यायालयप्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य सङ्कटमा पर्छ ।’

श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भइ जन्मकैद सुनाइएका सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष सजाँय मिनाहा गरेको थियो । कोइराला गत शुक्रबार रिहा भएका थिए ।

 

Skip This
Skip This
Logo