सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
आज शुक्रबार सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्मकै नयाँ विन्दुमा पुगेको हो । आज सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि हिजो बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो । बिहिबार सुन प्रतितोला ५ सय रुपैयाले वृद्धि भएको थियो । बुधबार पनि प्रतितोला १३ सय रुपैया नै बढेको हो । यसरी हेर्दा पछिल्लो तीन दिनमा ३१ सय रुपैयाँले मूल्य वृद्धि भएको छ ।
आजका लागि तेजावी सुनको मुल्य रु ९५ हजार ३६५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ ।
छुनै नसकिने सुन ! आखिर किन बढिरहेको छ लगानी ? (भिडियो रिपोर्ट)





























प्रतिक्रिया