ललितपुर ।
साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्रको साइतमा मछिन्द्रनाथको रथारोहण गर्ने निर्णय पुनः स्थगित गरिएको छ ।
रातो मछिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले मणिमण्डपस्थित सोहखुट्टे पार्टीमा बसेर पर्सि शनिबारका लागि रथयात्राको उत्तम साइत निकालेका थिए, तर बुधबार राति रथयात्रा पुनः स्थगित गर्ने निर्णय भएको छ ।
विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरसका कारण मछिन्द्रनाथ रथजात्रा पनि प्रभावित बनेको हो । वर्षा र सहकालका देवता मछिन्द्रनाथ रथयात्राका लागि वैशाख कृष्ण औंशीमा पर्ने मातातीर्थको भोलिपल्ट रथारोहण गरेपछि चौथो दिन यात्रा गर्ने परम्परा रहेको छ । तर, यसपटक भने त्यो नियम लागू भएको छैन ।राजधानीबाट





























प्रतिक्रिया