काम कागजमा, भुक्तानी खल्तीमा !

काम कागजमा, भुक्तानी खल्तीमा !

केन्द्रबिन्दु
0
Shares

धनुषा।

कृषि यान्त्रिकिकरण प्रवर्धन केन्द्र नकटाझिज धनुषाले कार्य सम्पन्न नहुँदै रकम भुक्तानीका लागि सिफारिस गरेको खुलेको छ। कागजमा काम सम्पन्न भएको देखाएर रकम भुक्तानी लिन खोज्दा कोष तथा लेखा नियन्त्रण कार्यालय जननकपुरले भुक्तानी रोकेपछि अनियमितता खुलासा भएको हो।

कागजमा काम देखाएर व्यवहारमा रकम सिध्याउने केन्द्रको योजना यस पटक कोलेनिकाले बिफल पारिदिएको छ। केन्द्रका लेखा अधिकृत कृष्ण कणेंल असार ३० गत्ते स्वीकार कन्सट्रकसन एण्ड डी ट्यूबेल प्राली र श्री डीप ट्यूबेल जल प्रर्वद्धन समिति माडीको नाममा भुक्तानीका लागि भुक्तानी आदेशसहित कोलेनिकामा फाइल पेश गरेका थिए। कोष तथा लेखा नियन्त्रणक डा. वीरेन्द्रकुमार मिश्रले केही बेर भुक्तानीको फाइल होल्ड गरिदिए । अन्तिम समयमा भुक्तानीका लागि हत्तारहत्तार फाईल पेश गर्ने लेखा अधिकृतसँग मिश्रले सोधीखोजी गर्न थाले । मिश्रले फाइलमा गढबढी पत्ता लगाइहाले। त्यतीकै बेला केन्द्रका प्रमुख पूर्बेले लेखा अधिकृत कणेंललाई फोन गरेर सबै फाईल लिएर छिटो अफिस फर्कन आदेश गरे।

लेखा अधिकृत कणेंलले भने , ‘हाकिम साबले फाइलसहित अफिस आउन भनेपछि म फर्किहाले। अफिस पुगेपछि काम नै नभएको एउटा योजनाको भुक्तानी सिफारिस सहितको फाइल उहाँले मबाट लिनुभयो, उनले भने,‘ हाकिम साबले त्यो फाइल आफैंसँग राखिहाल्नु भयो।’ त्यो फाइल बेगर असार ३१ गत्ते स्वीकार कन्सट्रकसनसहित अन्य योजनाको भुक्तानी फाइल दिएर मलाई कोलेनिका पठाउनु भयो, उनले बताए। उनले भने, ‘कामै नभएको योजना सम्पन्न भएको फाइल श्री डीप ट्यूबेल जल प्रर्वद्धन समिति माडीको थियो।’

स्वीकृत वार्षिक कार्यक्रमको योजनामा सार्वजनिक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने प्रावधान छ। तर कृषि यान्त्रिकिकरण प्रवर्धन केन्द्र नकटाझिजले निर्माण कार्य सम्पन्न नहुँदै भुक्तानीका लागि आदेश गर्नु अनियमित भएको स्वयं यसै कार्यालयका कर्मचारीहरु बताउँछन् । लेखा अधिकृत कणेंल भन्छन, ‘योजना पूर्णरुपले सम्पन्न नहुँदै भुक्तानी आदेश दिनु अनियमित हो। काम पूर्णरुपले सम्पन्न भैसकेपछि मात्र भुक्तानी आदेश दिन मिल्छ।’

कार्यसम्पन्न नहुँदै कागजमा कार्यसम्पन्न भएको देखाएर असारे अलमलमा मूल्यांकनसहित भुक्तानी आदेश गर्ने धनुषाको नक्टाझिजस्थित केन्द्रको भुक्तानी रोक्का गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ। प्रमुख कोष नियन्त्रक मिश्रले भने,‘स्थलगत निरीक्षणको क्रममा काम संचालनमै थियो। निर्माणाधीन कार्यस्थलमा कानुनी प्रकृया पूरा गरी कारवाही अघि बढाइसकिएको छ।’नागरिकबाट

Logo