भ्रष्टाचारीकाे कारवाहीमा खुट्टा नकमाउन सरकारलाई विद्यार्थी संगठनहरुको चेतावनी

भ्रष्टाचारीकाे कारवाहीमा खुट्टा नकमाउन सरकारलाई विद्यार्थी संगठनहरुको चेतावनी


नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्रीले देखाएको आँट स्वागतयोग्य भएको बताएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विषयमा विद्यार्थी संगठनहरुको धारणा विषयक अन्तर्क्रियामा अध्यक्ष पराजुलीले प्रधानमन्त्रीको कदमलाई साथ दिने भन्दै जोगाउनुपर्छ भन्ने मान्यतामा लाग्ने हो भने सडकबाट खबरदारी गर्न पनि तयार रहेको बताएका हुन् । 

उनले यो मुद्दामा दबाब र प्रभावमा परेर दोषीलाई छोड्ने काम हुन नहुने भन्दै आफ्नो जीवन राम्रो बनाउनको लागि राजनीतिमा आउने प्रवृत्तिलाई हटाउनु पर्ने बताए । 

उनले भने, ‘आफ्नो पार्टीका नेताहरु पनि भ्रष्टाचारमा सामेल छन् भने त्यसको कठालो समातेर, चिसो सिडिमा राख्नुपर्छ भन्ने मान्यता अहिलेको प्रधानमन्त्रीले आँट गरेको छ । हाम्रो तर्फबाट सम्मान छ, निवर्तमान गृहलाई पनि पक्राउ गर्न सकेको छ त्यसलाइृ सम्मान गर्नुपर्छ । जोगाउनु पर्छ भन्ने मान्यता सरकारले बोक्छ भने हामी सडकबाट खबरदारी पनि गर्छौ । दबाब र प्रभावमा नपरोस, यो मुद्दामा केही नहोस भन्नको लागि हामी उभिएका छौ । नेपालको कर्मचारीकरण भ्रष्टीकरण भएको छ । आफ्नो जीवन राम्रो बनाउनको लागि राजनीतिमा आउने प्रवृत्ति बढेको छ ।’ 

अन्तर्क्रियामा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेपालको राजनीतिमा मनपरि चलिरहेको भन्दै यसको पराकाष्टा भुटानी शरणार्थी प्रकरण भएको बताइन् । 

उनले जनतालाई सुशासन दिने दलका नेताहरु आज पक्राउ परेको अवस्थामा रहेको भन्दै यसलाई निष्कर्षमा पु-याएर कानुन अनुसार कारवाही गर्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘हामी सचेत छौ, जनतालाई सुशासन दिन तयार छौ भनेर उभिएका दलहरुको ठूला नेताहरु आज पक्राउ परेको अवस्था छ । यो केश निष्कर्षमा जान्छ कि जादैँन् भनेर सबैको मनमा प्रश्न उठेको छ । यसलाई निष्कर्षमा पु-याउनु पर्छ । नेपालको राजनीतिमा मनपरि चलिरहेको छ यसको पराकाष्टा हो भुटानी शरणार्थी प्रकरण यो क्षमा योग्य छैन् । यो राज्य विरुद्धको काम हो । भ्रष्टाचार गर्नेको समुदाय, वर्गको हिसाब गर्नु हुदैँन्, दल सम्प्रदाय हुदैँन् भनेर बुझेर कानून अनुसार कारवाही गर्नुपर्छ ।’ 

उनले नेपाल सरकारले भ्रष्टाचार विरुद्धको काम गर्दै गर्दा सडकबाट अनेरास्ववियू क्रान्तिकारीले पनि अभियानमा समर्थन गर्दै आएको भन्दै सरकार पछि नहटोस भन्नको लागि खबरदारी गर्न पनि तयार भएको बताईन् । 

Logo