काठमाडौं ।
कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए पनि यो वर्ष कोरोना संक्रमण बाधक बन्न पुगेको हो ।
अघिल्ला वर्ष पशुपतिनाथ लगायत उपत्यकाका शिवालयमा भक्तजनको भिड लाग्ने गरे पनि यसपाली ती मन्दिर सुनसान देखिएका छन् । सरकारले कोरोना महामारीका कारण मठमन्दिर लगायत पूजाआजास्थल खुला गर्ने निणर्य गरिसकेको छैन । जसका कारण सोमबार पशुपतिनाथ मन्दिरसहितका शिवालयमा भक्तजन जान पाएनन् । ती मन्दिरमा नित्यपूजा भने रोकिएका छैनन् ।
केही मन्दिरमा सामाजिक दुरी र सावधानी अपनाएर भक्तजनले ल्याएका फूल प्रसाद पुजारीमार्फत चढाउने व्यवस्था मिलाइएको छ । काठमाडौंको पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वर लगायत मन्दिरमा खासै चहलपहल देखिएको छैन ।
यता, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठीको भृंगारेश्वर, ठेचो ढल्केश्वर, लेले तिलेश्वर र पशुपतिनाथ, झरुवाराशीको सन्तानेश्वर, चापागाउ“को जीवनेश्वर, लुभु गोब्राटेश्वर र गोटीखेल कालेश्वरमा नित्यपूजा मात्र हुने भएको छ ।
पशुपतिनाथ नखुल्ने
सरकारले लकडाउनको मोडल खुकुलो गरे पनि मठमन्दिर लगायत भीडभाड हुने धार्मिकस्थल खोल्ने निर्णय नगरेकाले पशुपतिनाथ मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
‘सरकारले नै संक्रमण खतरा मध्यनजर गर्दै मठमन्दिर नखोल्नु भनेकाले पूजाआजा र दर्शनका लागि मन्दिर खोली हाल्न मिलेन,’ कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘साउने सोमबार अत्यधिक भक्तजनको उपस्थिति हुने समय भए पनि के गर्नु ? संक्रमण झन् फैलिरहेको छ ।’
कसैको आस्था, विश्वासमा ठेस या आघात पुर्याउने आशय नभए पनि परिस्थितिले बाध्य बनाएको ढकाल बताउँछन् । यद्यपि, पशुपतिनाथ मन्दिरमा भट्ट लगायतका पूजारीबाट नित्यपूजा भने भइरहेको उनले जानकारी दिए ।राजधानीबाट





























प्रतिक्रिया