काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको उल्लेख गरेको छ। आज बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यका लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ।
आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश नं.१, प्रदेश नं.२, बागमती प्रदेश, प्रदेश नं. ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
आज राति पनि देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । यस्तै बुधबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल,पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।





























प्रतिक्रिया