मेलम्चीमा उद्धारका लागि गएको बोट दुर्घटना, ४ जना बेपत्ता

मेलम्चीमा उद्धारका लागि गएको बोट दुर्घटना, ४ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ।

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ ।

शव फेला
भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिरोले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो । गए राति आएको पहिरोले दुई घर मध्ये एक पूर्ण तथा अर्को आंशिक क्षतिग्रस्त भएको छ । पूर्णरुपमा क्षति भएको घरका पाँच महिलालाई पहिरोले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।रासस

Logo