काठमाडौं ।
जोर बिजोर नम्बरमा सवारी चल्दै आएको काठमाडौं उपत्यकामा लगातार दुई दिन बिजोर नम्बरको मात्र सवारी संचालन हुने भएका छन् ।
असार महिनाको अन्तिम दिन आज ३१ गते र साउनको पहिलो दिन भोलि १ गते दुवै दिन बिजोर भएकाले लगातार बिजोर नम्बरका सवारी संचालन हुने भएका हुन् ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यस यता ठप्प सवारी साधनहरु गत जेठ २८ गतेदेखि आंशिक रुपमा संचालन हुँदै आएका छन् । निजी सवारीहरु जोर बिजोर नम्बरका आधारमा संचालन भएका हुन् । बिजोर नम्बर हुने सवारीलाई यी दुई दिन भने फाइदा हुने भएको छ ।





























प्रतिक्रिया