काठमाडौं ।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटनाको छानविन गर्न गठित संसदीय विशेष समितिले मङगलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवदेन बुझाएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा समितिका संयोजक सांसद देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । ०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद दिदै प्रतिवेदनलाई अध्ययन गर्ने र अघि बढाउन ढिला नगर्ने बताएका छन् ।





























प्रतिक्रिया