काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरूङमा दुई जना बेपत्ता भएका छन् ।
पानी छोडेको सुरूङबाट परीक्षण भइरहेका बेला पानी बाहिर आएपछि बुझ्न गएका आयोजनाका एक इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।
सुरूङमा चार जना बेपत्ता भएको मध्ये २ जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएकाहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । हराएकाहरुको खोजी भइरहेको छ ।
आयोजनाले गतसाता मेलम्चीको सुरूङमा पानी पठाएर परीक्षण गरेको थियो ।





























प्रतिक्रिया