काठमाडौं ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै भूराजनीतिक संवेदनशीलताप्रति सचेत हुनुपर्ने उल्लेख गरेका छन् । आज ट्विटमार्फत उनले प्रधानमन्त्रीको अभिव्यक्ति प्रति यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनै पर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, अन्यथा देश बाह्य शक्तिहरुको क्रिडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ।’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।































प्रतिक्रिया