काठमाडौं ।
संसदको विकास तथा प्रविधि समितिले पुनर्निर्माणका क्रममा रहेका पुरातात्विक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो । अहिले कोरोना संक्रमणको जोखिमकैबीच स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्ष यता निर्माणको कामले गति लिएको बताइन् । स्थानीयस्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भए पनि पछिल्लो २ वर्षयता निर्माणले गति लिएको उनले बताइन् ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पूरा हुने बताए । धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए ।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुनर्निर्माणको काम रोकिएको थियो । सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन ।





























प्रतिक्रिया