आज आइतबार सुनको भाउ घटेको छ ।
शुक्रबार तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ एक सय रुपैयाँले घटेर आज ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार ६६० रुपैयाँमा आईपुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ५८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।
चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।





























प्रतिक्रिया