करण केसीले तोडे आयरल्यान्डका ह्यारी र लोर्क्यानको साझेदारी

करण केसीले तोडे आयरल्यान्डका ह्यारी र लोर्क्यानको साझेदारी


नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेष्ट टोली आयरल्यान्डविरुद्ध चौथो विकेट दिलाएका छन् । 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डविरुद्ध करणले २२ ओभरको दोस्रो बलमा चौथो विकेट लिएका हुन् । उनले लोर्कन टकरलाई २४ रनमा आउट गराएका हुन् । साथै उनले लोर्क्यान र ह्यारी टेक्टरको बढ्दो साझेदारीसमेत तोडेका छन् ।

हाल आयरल्यान्ड २३ ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएर खेलिरहेको छ ।  टेक्टर अर्धशतक बनाएर क्रिजमा छन् । 

 

Logo