बाजुरा ।
विगत ४ दिनदेखि देशभरि बाढीपहिरोको वितण्डा छ । यसकै कारण हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ भने त्यति नै संख्यामा बेपत्ता भएका छन् ।
म्याग्दी, सिन्धुपाल्चोक, कास्की , लमजुङ, रुकुम, जाजरकोट लगायतका ८ जिल्ला उच्च प्रभावित भएका छन् ।
उता वर्षाका कारण बाजुराको बूढीगङ्गा नदीमा पानीको सतह बढेपछि बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बगाएको छ । सो झोलुङ्गे पुल बगाएपछि अहिले स्थानीयवासीहरु जोखिमपूर्ण यात्रा गर्दैछन् । यसले थप मानविय क्षति हुन सक्ने अवस्था आएको छ ।
तस्विर : रासस





























प्रतिक्रिया