काठमाडौं ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड १० लाख २७ हजार विगो कायम गर्दै उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो । उनले १४ वर्षको जागिरे जीवनमा ५ करोड १ लाख ४३ हजार कमाएका छन्। जसमा १ करोड ९१ लाख १६ हजार मात्रै वैध कमाइ देखिएको छ।
इन्जिनियर उपाध्यय २०६३ पुस ५ मा सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा राजपत्राकिंत तृतीय श्रेणी इन्जिनियरको पदमा स्थायी नियुक्ति भई सार्वजनिक सेवामा प्रवेश गरेका थिए।
०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा पश्चात विभिन्न कार्यालय हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत रहेको देखिएको अख्तियारले जनाएको छ।
नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरी हैसियत भन्दा बढी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो।
अनुसन्धानमा लिइएको जाँच अवधि सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७७ जेष्ठ मसान्तसम्मको अवधिमा उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्ता लगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक आय, जग्गा भाडा, कर्मचारी संचयकोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय र निजको आयले खामेका बैंक मुद्दती खातामा रहेको निक्षेप परिपक्व पश्चात फिर्ता प्राप्त रकमसमेत गरी १ करोड ९१ लाख १६ हजार आय आर्जन गरेको देखिएको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया