आयोजनाले स्थानियसँग समन्वय नगरेको भन्दै मेलम्चीवासीको विरोध

आयोजनाले स्थानियसँग समन्वय नगरेको भन्दै मेलम्चीवासीको विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको घटनाप्रति दुःख प्रकट गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्तो हर्कतबारे दुःख प्रकट गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आइतबार पानी परीक्षण उद्घाटन गरेका थिए । मन्त्रीले आइतबार गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भए पनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौँ आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिएकी थिइन् । उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, राप्रपा २ नं. क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहाल, हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, उपाध्यक्ष चिरन तामाङ, ईन्द्रावती सरोकार समितिका अध्यक्ष विष्णुमणि आचार्य लगायतले लेबी र स्थानीयको माग पूरा नगरी पानी लगे आन्दोलन गर्ने चेतावनी दिए। लेबी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या तथा विकास निर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानाकर्षण गरेको छ ।

हेलम्बु गाउँपालिकाकोे घोर आपत्ति

मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ति जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त कार्य अनुचित र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले आगामी दिनमा सहयोगका लागि असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुने तथा यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले बेहोर्नुपर्ने उल्लेख गरेका छन्।रासस

Skip This
Skip This
Logo