नेपालमा आज ३२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ३२२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ । आज ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३७४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९६५ पुगेको छ।

नेपालमा हालसम्म २० लाख १६ हजार ७५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ३०६ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज १६३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार ७३, भक्तपुरमा ९ हजार १११ र ललितपुरका १५ हजार ७८० संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ९ जना पुगेको छ ।

Logo