मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ ।
सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो । आज विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो ।
२ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताए। परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिएको उल्लेख गर्दै उनले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताए ।
पूर्ण रुपमा भरिएको सुरुङ १० दिनसम्म यथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खालि गर्न पुनः २० दिनको समय लाग्ने पनि उनले बताए। सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ । त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उनले बताए । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उनले बताए ।
खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्चि आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताए । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनले बताए ।
निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।





























प्रतिक्रिया