सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिबाद उत्कर्षमा पुगेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेका बेला उनका विश्वास पात्र नेम्वाङले देउवा निवास पुगेर भेटेका हुन्। यस अघि गत बुधबार राति ओली र देउवाबीच भेटवार्ता भएको थियो । सभापति देउवासँगको तारन्तारको भेटवार्ताले कांग्रेससँग मिलेर ओलीले सरकारलाई निरन्तरता दिने आशंका व्यक्त भइरहेका छन् ।
आइतबार बिहान आफू निकट नेकपाका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेम्वाङलाई आफ्नो सन्देशसहित देउवालाई भेट्न पठाएको बुझिएको छ ।
नेता नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताएको बिबिसीले लेखेको छ । यसबारे बीबीसीले नेम्वाङको थप भनाइ लेखेको छ “यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ। त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन। विश्वास छैन।“





























प्रतिक्रिया