सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरू भएको छ । आइतबार बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अन्य ४ नेताहरू पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी छन्। यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका छन् ।
स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।





























प्रतिक्रिया