एउटा मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर

एउटा मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर

केन्द्रबिन्दु
0
Shares

सर्लाहीमा एउटा मोटरसाइकलले एकैपटक पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बरहथवा नगरपालिका ११ दियरमा ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोमा बसिरहेका ५ जनालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल हिरापुरबाट हरकठवातर्फ जाँदै थियो ।

Logo