स्थायी कमिटीको नयाँ नामाकरण: प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह’, बाँस्कोटाले भने ‘कोटरी’

स्थायी कमिटीको नयाँ नामाकरण: प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह’, बाँस्कोटाले भने ‘कोटरी’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरूलाई बोलाएर आफूलाई हुलहुज्जत गरेर निकाल्न खोजे चुप लागेर नबस्ने बताएका थिए । प्रधानमन्त्री ओलीले दुईवटै पदवाट राजीनामा नदिने बताउंदै भनेका थिए, ‘मेरो राजिनामा देशको हितमा छैन् । यो हुल्लडहरुको समुह स्थायी समिति वैठकले गरेको निर्णय म मान्दिन्।’

राष्ट्रपतिमाथि अविश्वासको प्रस्ताव सम्म ल्याउने तयारी भएको आफूले जानकारी पाएको बताउदै यस्तो बेलामा मन्त्री र राज्यमन्त्रीहरुले पनि को कता भने प्रष्ट पार्नु पर्ने बताएका थिए ।

यता पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिसोध राख्ने अखडा भएको बताएका छन् ।

पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिसोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ती जनाएका हुन् । प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा जारी गर्दा चारपाँच जनाले सजाय दिन खोजेको भन्दै कटाक्ष गर्दै ट्वीट गरेका छन् ।

‘ पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखडा ? अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने,त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाको सजाय !’ उनले ट्वीट गर्दै भनेका छन्।

Logo