आज देशभर कुन ठाउँको मौसम कस्तो हुने ?

आज देशभर कुन ठाउँको मौसम कस्तो हुने ?

केन्द्रबिन्दु
0
Shares

आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएकाले आज पनि धेरै स्थानमा वर्षाको हुने भएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

Logo