आईजीपी ज्ञवाली असार २४ देखि अनिवार्य अवकाशमा, को बन्ला नयाँ आईजीपी ?

आईजीपी ज्ञवाली असार २४ देखि अनिवार्य अवकाशमा, को बन्ला नयाँ आईजीपी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदैछन् । २८ औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय शैलेश थापा क्षत्री र हरिबहादुर पाल छन् ।

उनीहरू दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । दुवै एआईजीका कार्यप्रकृति र कार्यशैली फरक छन् । दुवै जना विवादित देखिएका छैनन् ।

एआईजी क्षत्री तीन वर्ष यता केन्द्रमै विभिन्न जिम्मेवारीमा काम गरिरहेका छन् । पालले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा २ नम्बर प्रदेश प्रहरी कार्यालय, विशेष ब्युरोको नेतृत्व सम्हाले । उनले एआईजी भएपछि मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् । क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए। एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको नेतृत्वमा छन् ।

कमान्ड कन्ट्रोल, नीति तथा योजना तर्जुमा र संगठन सुदृढीकरणमा दुवै जना सक्षम रहेको बुझाइ प्रहरी मुख्यालयकै अधिकृतको छ। प्रहरी संगठनले २०७० मंसिर यता चार जना नेतृत्व पायो । उनीहरू डीआईजीबाट सिधै आईजीपीमा बढुवा भए । अबको नेतृत्व भने एआईजीबाटै चयन हुनेछ । नेतृत्वमा पुग्न कार्यक्षमता, कार्यदक्षता, वरिष्ठता र योग्यतालाई आधार मानिँदै आएको छ । यी योग्यतामा दुवै जनाको उत्तिकै दाबी छ। उनीहरूले प्रहरी निरीक्षकदेखि एआईजीसम्म आइपुग्दा जिल्लादेखि केन्द्रमै भएका चुनौतीपूर्ण घटना नजिक रहेर काम गरेका छन्।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए । पालले सशस्त्र द्वन्द्वका बेला रोल्पा, रुकुम र डडेलधुरामा काम गरे । उनी एसपी हुँदा रूपन्देही, धनुषा, कास्कीको प्रहरी प्रमुख भए ।अन्नपूर्णबाट

Logo