काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको चालू अधिवेशन आज साँझ ५ बजेबाट लागू हुने गरी अन्त्य गरेकी छिन् ।
आज मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै उनले अधिवेशन अन्त्य गरेकी हुन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/ ३/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन ०७७ असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’ राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।






























प्रतिक्रिया