काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपतिनिवास शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बस्नु अघि उनी राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।
पार्टीभित्र उनको राजीनामाको माग उठिरहेका बेला बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक र राष्ट्रपतिसँगको भेटवार्तालाई निकै चासोका रुपमा हेरिएको छ ।
बुधबार ओलीले आफू निकटका मन्त्री र स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएर छलफल गरेका थिए भने अर्को समुहको बैठक बेलुका ललितपुरमा बसेको थियो ।





























प्रतिक्रिया