लकडाउन यता ७ लाख नेपाली स्वदेश फर्किए

लकडाउन यता ७ लाख नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउन शुरु भएसँगै ७ लाख बढी नेपाली स्वदेश फर्किएका छन् । लकडाउन सुरु भएको तीन महिनाको अवधिमा हवाई मार्ग र स्थलमार्गबाट गरी ७ लाखभन्दा बढी नेपाली स्वदेश पर्किएका हुन् ।

गृह मन्त्रालयका उप–सचिव परमानन्द घिमिरेले छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किएको बताए। उनले भने, – ‘हवाई मार्ग भन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको संख्या ठूलो छ ।’

लकडाउन शुरु भए लगत्तै स्वदेश फर्किने नेपालीको भीड लागे पनि अहिले पनि निकै कम संख्या मात्र नेपाली आइरहेको उनले जानकारी दिए । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।नेपाल समाचारपत्रबाट

Logo